मेषः समाजसेवामा मन लाग्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ।
वृषः आज रमाइलो यात्राको सम्भावना छ। रोकिएको धन हात पर्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।
मिथुनः आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।
कर्कटः राजनीतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।
सिंहः आज छोटो दुरीको लाभदायक यात्रा रहला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।
कन्याः आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ।
तुलाः आज स्वास्थ्यमा समस्या आउनसक्छ। सहकर्मीबाट विरोध आउला। गरेका काममा ढिलासुस्ती हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।
वृश्चिकः चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। साथीभाइसँग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
धनुः श्रमको उचित मूल्याङ्कन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोबारमा सफलता पाइएला।
मकरः आज पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
कुम्भः आज गर्न खोजेका कार्यमा बाधा आउन सक्छ। मनमा अशान्ति र यात्रामा बिघ्नबाधा पनि आउन सक्छ, तर निराश र हतास नहुनुहोला।
मीनः आज शुभ कार्यमा सरिक भइनेछ। चिताएको कामले तीव्रता लिनेछ। कलासाहित्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
राशिफल जे जस्तो भए पनि तपाईंको दिन मंगलमय रहोस्।
(ज्योतिष पण्डित नारायणप्रसाद दुलालबाट साभार)