लालबन्दी : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादव बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सर्लाहीका एसपी योगेन्द्र कुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनिबिरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
उनिबिरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एकजना अधिकृतले रातोपाटीलाई बताए । एसपी खड्कालाई यादवले गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ ।
यादव जसपाको मधेश प्रदेशका अध्यक्ष हुन् ।