
बर्दिबासः महोत्तरीबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही रघुनाथ घर भएका २१ वर्षीय चन्दन यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ। यादवले चलाएको सेतो रंगको बीआर ३० ए एच २३८८ नम्बरको भारतीय कारको डिकीमा राखिएको १०७ केजी ४ सय ८५ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए।
औरही नगरपालिका-८ टिम्कियास्थित चेकजाँच पोइन्टमा चेकजाँच क्रममा उक्त परिमाणमा गाँजा फेला परेको मुडभरीले बताए।
प्रहरी नियन्त्रणमा रहेका यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान बढाइएको मुडभरीले जानकारी दिए।