धनुषामा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

गोडैता : धनुषामा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगर-१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा दिदीबहिनी एकैसाथ पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगर-१६ कपिलेश्वरका शम्भु राउतकी ४ वर्षीया छोरी आरोही कुमारी र ३ वर्षीया छोरी मैथिली कुमारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

स्थानीय कैलाश राउतका अनुसार उनीहरू बिहानको समयमा गाउँ नजिकै रहेको पोखरीमा नुहाउन गएका थिए।

नुहाउने क्रममा गम्भीर घाइते भएका उनीहरुलाई अस्पताल लैजादा चिकित्सकहरूले मृत घोषित गरेका थिए।

स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ। घटनाले पूरै गाउँ शोकमा डुबेको छ।

मृतक आरोही र मैथिलीलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै