मधेशबाट नागरिक उन्मुक्ति पार्टीले लियो समर्थन फिर्ता

लालबन्दी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंहले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि आफु मदेश प्रदेशबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिएको उनको भनाइ छ।

केन्द्रको सर्कुलर अनुसार प्रदेश सभामा समर्थन फिर्ता औपचारिक जानकारी गराएको उनले बताइन्।

मधेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट एकजना समानुपातिक सांसद छन्।

योसंगै प्रदेश सभा बैठकमै बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको टिप्पणी गरेकी थिइन।

सम्बन्धित समाचार

सबै