लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

लालबन्दी : सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बेलुकी लालबन्दी नगरपालिका-३ स्थित सडकमा जब्दीबाट लालबन्दी बजारतर्फ आउँदै गरेको बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पर्सा गाउँपालिका-६, पर्सा टोल बस्ने ३० वर्षीय हरिन्द्र पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका पासवानको स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि  जनकपुरमा लगिएको थियो।

उनको सोही अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै