सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

ईश्वरपुर : सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका–१४ स्थित सडकमा ग.७ प. ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा सोही ठाउँ बस्ने चालक १९ वर्षीय बिष्णुकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको वीरगञ्जस्थित बयोधा अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै