वीरगञ्जमा भन्सार छली ल्याइएका नौ लाख ४७ हजार मूल्य बराबरको कपडा बरामद

वीरगञ्ज : सशस्त्र प्रहरी बल पर्साले आज भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार छ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित  सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगञ्ज महानगर–१० स्थित टाउनहलबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो ।
 
सशस्त्र प्रहरीबल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले टाउनहलस्थित विकेस इम्पेक्सको गोदामबाट भन्सार छली गरेर ल्याएको छ लाख ५९ हजार ७०० रुपैयाँ बराबरका कपडा बरामद गरेर भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।

त्यसैगरी सशस्त्र प्रहरीले आजै आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई लाख ७९ हजार १०५ रुपैयाँ बराबरका कपडा र किरानाका सामान बरामद गरेको भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार

सबै