आफ्नै पार्टीका नेतामाथि जनमत पार्टीका कार्यकर्ताले छ्यापे मोसो

लालबन्दी। जनमत पार्टीका अध्यक्ष डा।सिके राउतको विरुद्धमा ‘जनसंवाद अभियान’ सञ्चालन गरिरहेका पार्टीका निलम्बित उपाध्यक्ष दीपक शाह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि पार्टीकै कार्यकर्ताले मोसो छ्यापेका छन् ।

उपाध्यक्ष साह र कोषाध्यक्ष यादवलगायतका नेताहरू शुक्रबारदेखि जनसंवाद अभियानमा रहेका छन् । सोही कार्यक्रममा जान लागेका उनीहरुलाइ बारामा मोसो छ्यापिएको हो ।

यता, निलम्बित कोषाध्यक्ष यादवले आफूमाथि मोबिल र पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको दाबी दाबी गरे । आफूहरू पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न बारा पुगेको तर त्यहाँ सीके राउतका कार्यकर्ताले आफूहरूमाथि आक्रमणको प्रयास गरेको उनको दाबी छ ।

जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले निलम्बनमा परेका नेताहरूले पार्टीको झन्डा र ब्यानर प्रयोग गर्न नपाइने बताउँदै केही कार्यकर्ताहरूले कालोमोसो छरेको स्वीकार गरे ।

उनले भने– ‘जुन नेतालाई पार्टीले कारबाही गरिसकेको छ, त्यो नेताले पार्टीको लेटरप्याड, झन्डा, ब्यानर कसरी प्रयोग गर्न पाइन्छ रु यो गैरकानुनी काम हो, उहाँहरूलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दर्ता गराएका छौँ ।’

सम्बन्धित समाचार

सबै