हरिवन: सर्लाहीको भरततालमा डुबिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
बुधबार मध्याह्न बागमती नगरपालिका-१२ स्थित भरततालमा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार केही बेरअघि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा प्रहरीको टोली खटिएको छ। उक्त टोलीले शव निकाल्ने काम गरिरहेको छ।
शवको पहिचान खुलिसकेको छैन। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।