सर्लाहीमा भूमिगत सिँचाइका लागि अनुदान, ७ दिनभित्र आवेदन दिनुपर्ने

मलंगवा : कृषि ज्ञान केन्द्र, सर्लाहीले सुख्खा तथा खडेरीबाट तत्काल राहत उपलब्ध गराउने उद्देश्यले भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। मधेश प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको यस केन्द्रले एक सूचना प्रकाशित गर्दै इच्छुक कृषकहरूलाई आवेदन दिन अनुरोध गरेको हो।

केन्द्रद्वारा मिति २०८२/४/१३ मा प्रकाशित सूचना अनुसार, ‘सुख्खा एवम् खडेरीबाट तत्काल राहतका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२’ बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। केन्द्रको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीयस्तरमा लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।

इच्छुक कृषकहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८२/०४/१९ गतेसम्म कार्यालय समयमा आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्।

आवेदनका लागि आवश्यक कागजातहरू:

  • रु. १० को हुलाक टिकट टाँसिएको अनुसूची-२ बमोजिमको आवेदन फारम
  • आवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यक्रममा सहभागी हुने कृषकहरूको कम्तीमा २ बिघा जग्गाधनी पुर्जाको स्पष्ट प्रतिलिपि
  • स्थानीय तह कृषि विकास शाखा वा वडा कार्यालयको सिफारिस
  • मालपोत तिरेको रसिदको प्रतिलिपि
  • अनुसूची ३ बमोजिमको प्रस्ताव (क्लस्टरमा सिँचाइ गर्ने उपभोक्ताका लागि)

थप जानकारीका लागि कृषि ज्ञान केन्द्रको कार्यालय, यसको वेबसाइट sarlahi.akc.gov.np, वा सूचना पाटीमा हेर्न सकिनेछ।

साथै, विस्तृत जानकारीका लागि कार्यालयमा वा बाली विकास अधिकृत कविन्द्र सिंह ठगुन्नालाई ९८४९७२२६६३ नम्बरमा सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ।

कार्यालयले आवश्यकताअनुसार थप कागजात माग गर्न सक्ने र सिँचाइ लक्षित कार्यक्रम तथा बजेट थप भएमा सोही सञ्चालन विधि अनुरुप कार्यान्वयन गरिने सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

सबै