भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुल्यो

बागमती : सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्।

बुधबार मध्याह्न बागमती नगरपालिका-१२ स्थित भरत तालमा उनको शव फेला परेको थियो।

शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सम्बन्धित समाचार

सबै