जनकपुर : प्रहरीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
प्रहरीले २ राउन्ड गोली प्रहार गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले पप्पु नामका एक जना पुरुष र अर्की एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको गोली लागेर लागूऔषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टिमले २ राउन्ड गोली चलाएको हो।
उनीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ ।