चक्रघट्टा : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
चक्रघट्टा गाउँपालिका – ५ पडरियास्थित भित्री सडकखण्डमा बिआर ३० ए जी ५०३६ नम्बरको मोटरसाइकलले पैदल यात्रीहरूलाई ठक्कर दिँदा चक्रघट्टा – ५ पडरियाका ६० वर्षीय बरन बैठा र सोही स्थानका २० वर्षीय दीपक मण्डल गम्भीर घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। उनको शव पोस्टमार्टमको लागि अस्पताल राखिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक चक्रघट्टा-१ का २० वर्षीय हरे कृष्ण यादव घाइते भएका छन्। दीपक मण्डल र यादवको अवस्था सामान्य रहेको र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चक्रघट्टाले जनाएको छ।