गहुँको बोरामा ५ किलो गाँजासहित लालबन्दीबाट एक जना पक्राउ

लालबन्दीः लालबन्दी प्रहरीले लालबन्दी बजारबाट पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

हिजो बुधबार दिउँसो साढे ४ बजेको समयमा लालबन्दी नगरपालिका वड नम्बर ७ स्थित बजारमा रहेको बर्गर हाउसअगाडि शंकास्पद एक जनालाई चेकजाँच गर्दा उक्त परिणाममा गाँजा फेला परेको लालबन्दी प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने ६५ वर्षका नागेन्द्र सिंह रहेका छन्।

प्लाष्टिकको बोरामा गहुँको दानाभित्र गाँजा लुकाएको अवस्थामा सिंहलाई प्रहरीले फेला पारेको हो। सिंहलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया बढाइएको लालबन्दी प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै