स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गोडैता नगरपालिका सर्लाहीकै सबभन्दा कमजोर

गोडैता । सर्लाहीका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा सार्वजनिक हुँदा गोडैता नगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका वटा २० स्थानीय तहमध्ये गोडैताले ३५.७५ प्रतिशत अंक मात्र ल्याएर अन्तिम स्थानमा परेको हो।

गत आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा गोडैताले जम्मा ३५.७५ प्रतिशत अंक मात्र प्राप्त गरेको छ। यो परिणामले गोडैताको प्रशासनिक कार्यक्षमता, योजना कार्यान्वयन र कानूनी प्रावधान पालना गर्ने क्षमता अत्यन्तै न्यून रहेको देखाएको छ।

जिल्लाकै अग्रस्थानमा लालबन्दी नगरपालिका ७८.५० प्रतिशत अंकसहित पहिलो हुन सफल भएको छ भने गोडैताले आधाभन्दा कम अंकसमेत लिन नसक्नु विकासप्रति लापरबाहीको प्रत्यक्ष उदाहरण भएको स्थानीयबासीको टिप्पणी छ।

यस्तै जिल्लामा अन्य स्थानीय तहले मूल्याङ्कनमा जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये लालबन्दी नगरपालिका ७८.५० प्रतिशत अंकसहित पहिलो भएको छ। त्यसपछि बरहथवा नगरपालिकाले ७४.००, बिष्णु गाउँपालिकाले ६३.००, ब्रहम्पुरीले ६१.२५, ईश्वरपुरले ६०.५०, हरिवनले ५७.२५, हरिपुरले ५५.७५ र पर्सा गाउँपालिकाले ५५.२५ अंक ल्याएका छन्।

बलरा नगरपालिकाले ५४.२५, चन्द्रनगर गाउँपालिकाले ५१.२५, कोडैना गाउँपालिकाले ५०.७५, बागमती नगरपालिकाले ५०.५०, हरिपुर्वा नगरपालिकाले ४८.२५, रामनगर गाउँपालिकाले ४५.५०, कविलासी नगरपालिकाले ४५.२५, चक्रघट्टा गाउँपालिकाले ४४.५०, मलंगवा नगरपालिकाले ४२.००, बसबरिया गाउँपालिकाले ४०.००, धनकौल गाउँपालिकाले ३८.५० अंक ल्याएका छन्।

ती सबैभन्दा तल गोडैता नगरपालिका रहेको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रशासनिक व्यवस्था, वित्तीय अनुशासन, सेवा प्रवाह, योजना कार्यान्वयन, कानूनी दायित्व, पारदर्शिता लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको हो। कानुनले तोकेअनुसार पालिकाले आफ्ना गतिविधि, कार्यसम्पादन र उपलब्धिको लेखाजोखा गर्ने व्यवस्था छ।

नतिजाले गोडैता नगरपालिकाको क्षमता, योजना कार्यान्वयन र सुशासनप्रति प्रतिबद्धता अत्यन्त कमजोर रहेको देखाएको छ। जिल्लाभरका अन्य पालिकाले अपेक्षाकृत राम्रो नतिजा निकाल्दा गोडैताले भने पछाडि पर्नु विकासप्रति गम्भीर बेवास्ताको संकेत भएको टिप्पणीसमेत गरिएको छ।

सम्बन्धित समाचार

सबै