मलंगवामा भदौ २० र २१ गते जेसीज क्षेत्र (क) सम्मेलन हुने

शिव कुमार महतो, मलंगवा : सर्लाहीको सदरमुकाम मलंगवामा आगामी भदौ २० र २१ गते नेपाल जेसीज क्षेत्र (क) सम्मेलन २०२५ हुने भएको छ।

आयोजकले आज (बुधबार) पत्रकार सम्मेलन गरेर युवा नेतृत्व विकास, व्यक्तित्व निखार र उद्यमशीलता प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा राखी सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको हो।

मलंगवा–८ स्थित होटल कुसुम पार्टी प्यालेसमा आयोजना हुने सम्मेलनमा क्षेत्र (क) अन्तर्गतका ४६ शाखाका प्रतिनिधिहरुसहित क्षेत्र ख, ग र घ का पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष तथा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी करिब एक हजारभन्दा बढीको सहभागिता रहनेछ।

कार्यक्रम निर्देशक विभाषकुमार कर्णका अनुसार सम्मेलनले युवा पुस्तालाई सामाजिक नेतृत्व र व्यावसायिक क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउनेछ। सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन मलंगवा जेसीजले सक्रिय साथ दिइरहेको शाखा अध्यक्ष प्रवीण गुप्ताले जानकारी दिए।

सम्बन्धित समाचार

सबै