लालबन्दी । जेनजी आन्दोलनका क्रममा सर्लाहीका एक युवकको पनि मृत्यु भएको छ । २४ गते भएको आन्दोलन उग्र बनेपछि कालिमाटीमा उनको गोली लागेर मृत्यु भएको पुष्टि भएको हो ।
मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय देव बहादुर सुवेदी रहेका छन् । उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
तर उनको मृत्युको कारणबारे भने प्रहरीले खुलाएको छैन ।
त्यस्तै लहान १५ सिरहाका २९ वर्षीय विजय चौधरीको पनि मृत्यु भएको छ । उनको पनि शिक्षण अस्पताल महाराजगञ्जमै निधन भएको हो ।
प्रहरीहरूका अनुसार देशभर भएको यस आन्दोलनमा सबैतिरका गरी हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । अझै पनि काठमाडौँलगायत देशका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।