भोली सर्लाही जिल्लाभर ४ घण्टा बिजुली अवरुद्ध हुने

लालबन्दी : सर्लाहीमा भोली जिल्लाभर ४ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।

नवलपुरस्थित सवस्टेशनमा ६३ एमभिए ट्रान्सफर्मरमा एच भि साइडको सर्किट ब्रेकर कन्ट्रोल वाइरिङ गर्न जिल्लाभर लाइन सट–डाउन गर्न लागिएको हो । ढल्केबर ग्रिड महाशाखाले आज सूचना जारी भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाभरको बिजुली काटिने जनाएको छ ।

उक्त सूचना अनुसार लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतको सबै क्षेत्रमा भोली ४ घण्टा बिजुली अवरुद्ध हुने ढल्केबर ग्रिड महाशाखा प्रमुख इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए । नवलपुर सवस्टेशनमा यसअघि पनि मर्मत सम्भारका लागि घण्टौँ बिजुली अवरुद्ध गरेर काम हुने गरेको थियो ।

तर प्राधिकरणले सूचना निकालेर जानकारी गराएको भन्दै बढी समय बिजुली कटौति हुने गरेको गुनासो ग्राहकले गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार

सबै