ओलीलाई प्रभु शाहको सुझाव- गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिनुस्

लालबन्दी : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु शाहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र एमाले दुवै डुबाएको टिप्पणी गरेका छन् ।

सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शाहले गुण्डुमा गुन्डाहरू भेला गर्नुको साटो सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिए ।

अध्यक्ष शाहले भने- ‘केपी ओलीको हठ, घमण्ड र अहङ्कारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति हुन गयो । एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो।  युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्रहार गर्नुको दशा भोग्नुभयो । यस पटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ।’

उनले एमालेले ओलीलाई अगाडि नलगाओस र नेपाली कांग्रेसले शेरबहादुर देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाइएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाइ गर्नुको विकल्प नभएको बताए ।

सम्बन्धित समाचार

सबै