पिडारी चोकबाट २५० किलो गाँजासहित ३ जना पक्राउ, एक जना हरिवनका

जनकपुरधामः जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट करिब २ सय ५० किलो अवैध लागु औषध गाँजासहित ३ जना पक्राउ परेका छन्।

सर्लाही हरिवन नगरपालिका-८ स्कुल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसमेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बाप्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै