काठमाडौँ । प्रेम विवाह गरेर भागेका जोडीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने मागसहित मंगलबार बिहान हरिवनस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।
किशोरी पक्षका अभिभावक लगायतले मंगलबार बिहान आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । यद्यपि प्रहरीले सम्झाइबुझाइ गरेपछि अवरुद्ध राजमार्ग खुलेको थियो । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार हरिवन बजारस्थित अन्तरधार्मिक समुदायका किशोरकिशोरी विवाह गरेर भागेका थिए ।
उनीहरूको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनीहरू भारत गएकाे हुन सक्ने प्रहरीकाे आशंका छ । किशोरको १९ तथा किशोरीको उमेर १८ वर्ष रहेकाले कानुनअनुसार बालविवाह भएकाले कानुनी कारबाही अगाडि बढाउन किशोरीका आफन्तले माग गरेका छन् ।
प्रहरीले भागेका जोडीलाई यथाशक्य खाेजेर आफन्तको जिम्मा लगाउने तयारी गरेको जनाएको छ ।