धनुषामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका चारजनाको मृत्यु

लालबन्दी । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय रिक्साचालक डम्बर राई, यात्रुहरु स्थानीय अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय
शम्भु पुर्वछाने मगर र ३५ वर्षीय निशा मगर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

शनिबार साँझ करिब ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका -१ वीरेन्द्रबजारमा बिराटनगरबाट धनगढी तर्फ जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा १४ वर्षीय सितल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधाम स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा अटो चालक बाहेक अन्य सबै एकै परिवारका सदस्य हुन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

सम्बन्धित समाचार

सबै