सर्लाहीका ४० जना जनमतका नेताहरूको सामूहिक राजीनामा

हरिपुर । जनमत पार्टीमा आन्तरिक असन्तुष्टि बढ्दै गएको बेला सर्लाहीका दर्जनौँ नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।

जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य ई त्रिभूवन सिंह, प्रतिनिधि सभा सर्लाही क्षेत्र नं ४ का प्रत्यासी रामबाबु राय, प्रदेश सभा क्षेत्र नं ४ ख का प्रत्यासी प्रमोद यादव, प्रदेश सभा क्षेत्र नं ३ ख का प्रत्यासी सत्रुधन साह, पूर्वडीएसपी नरेश महतो, र गगनदेव साहसहित करिब ४० जना नेताहरूले सो पार्टी छाडेका नेता त्रिभुवन सिंहले बताए ।

राजीनामा दिने नेताहरूले पार्टीभित्र संगठनात्मक कमजोरी, नेतृत्वको एकपक्षीय निर्णय र स्थानीय कार्यकर्ताको आवाज बेवास्ता गरिएको कारण देखाएका छन् ।

राजीनामापछि ती नेताहरूले अर्को राजनीतिक बाटो रोज्ने तयारी पनि गरेका छन् । तर उनीहरूले कुन पार्टी रोज्छन् त्यसबारे खुलाइएको छैन ।

सम्बन्धित समाचार

सबै