हेटौंडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा गएराति बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। रूपन्देही देवदह नगरपालिका- ८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।
जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। प्रहरीले उनलाई उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर पठाएको थियो। अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
ठक्कर दिने बसका चालक महोत्तरी रामगोपालपुर नगरपालिका–६ बस्ने ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।