काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रमा पर्यटकहरूलाई लुटपाट गरेको आरोपमा प्रहरीले सर्लाहीका एक जनासहित १३ जनालाई पक्राउ गरेको छ ।
पर्यटकहरूलाई हैरानी दिने, लुटपाट गर्ने र यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य बनाउने गतिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् ।
उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।