जनकपुर । मधेस प्रदेश सभामा सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट हटाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी बिच्छालाई सो पार्टीको सिफारिसका आधारमा प्रदेश सभा सचिवालयले सांसद पदबाट हटाएको हो।
बिच्छालाई राप्रपाले ६ महिनाका लागि साधारण सदस्यबाट हटाई प्रदेश सभा सदस्यबाट समेत फिर्ता लिने निर्णय गरेको पत्र प्रदेश सभामा पठाएको थियो।
