मलंगवा । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ ।
शनिबार सर्लाही जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको हो ।
यसअघि सर्लाहीबाट दुई पटक चुनाव हारेका अध्यक्ष ठाकुर २०७९ को निर्वाचनमा भने महोत्तरी–३ बाट विजयी भएका थिए ।
समानुपातिक उम्मेदवारमा अध्यक्ष ठाकुरसहित अञ्जुदेवी बैठक, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि सिफारिस गरिएको छ ।
त्यस्तै, सर्लाही-१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही-४ बाट महासचिव मनिष मिश्र र सर्लाही-३ बाट सचिव रामेश्वर रायको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
सर्लाही-२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठकको नाम सिफारिस भएको छ ।