बरहथवा । नेकपा एमालेको ११औं महाधिवेशनमा मधेस भूगोल खुलतर्फ हरिप्रसाद उप्रेतीले सर्वाधिक मत ल्याएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उप्रेतीले १५०१ मत ल्याएका हुन् । उप्रेती सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी पूर्वरक्षामन्त्रीसमेत हुन् ।
भूगोलको मधेस खुला पाँच जनामध्ये अन्यमा ताराकान्त चौधरीले १४८६ मत ल्याएका छन् । यस्तै एकबाल मियाले १४१८, राजकुमार रेखीले १३६८ र मनोजकुमार खड्काले १३६२ मत प्राप्त गरेका छन् ।
यसैगरी ४० वर्ष मुनिका युवामा ई. मोबिन आलमले १३१६ मत ल्याएर विजयी भएका छन् । मधेस भूगोल महिलातर्फ आरती भण्डारीले १६३०, कल्पनाकुमारी कटुवालले १५०६ र निर्मला देवकोटाले १४३४ मत ल्याएर विजयी भएका छन् ।