मलंगवा । सर्लाहीबाट काठमाडौँ गएको बसमा २१ सय एम्पुल लागूऔषध भेटिएको छ ।
नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले बागमती प्रदेश–०१–००६ ख ७८६६ नम्बरको यात्रुवाहक बसबाट लागूऔषध बरामद गरेको हो ।
लागूऔषधसहित रौतहट गुजरा नगरपालिका–३ घर भएका २४ वर्षीय शेख मोसिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
आरोपीको साथबाट प्रहरीले ७ सय एम्पुल डाइजेपाम, ७ सय एम्पुल फेनारगन र सोही परिमाणमा नोर्फिन बरामद गरेको छ ।
पक्राउ परेका आरोपी विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।