लालबन्दी । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
साथै, एलपी. ग्याँसको मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
