सर्लाहीमा नेकपाले उम्मेदवार टुंगो लगायो

मलंगवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेशको सर्लाही जिल्लाका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।

पार्टीले सार्वजनिक गरेको जानकारीअनुसार सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादव प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् ।

पार्टीका अनुसार सर्लाही क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव र क्षेत्र नम्बर १ मा भने सुरेश काफ्लेको नाम चर्चामा रहेको बताइएको छ ।

यस पटक नारायणकाजी गोरखा छाडेर मधेस प्रदेशको चुनावी मैदानमा उत्रिएका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।

सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रतिस्पर्धा यस पटक पनि रोचक हुने भएको छ । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा राजेन्द्र महतोलाई पराजित गरेका थिए ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा यादव र महतोबिच पुनः कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सम्बन्धित समाचार

सबै