मलंगवा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सदस्य शिवपुजन यादवले पार्टी छाडेका छन् ।
छोरालाई टिकट नदिएको भन्दै नेकपा मधेस प्रदेश सदस्य यादवले सोमबार पार्टी छोडेका हुन् ।
पत्रकारसँग कुराकानी गर्दै नेता यादवले नेकपा छोडेको बताए ।
उनका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्लाही क्षेत्र नम्बर–४ बाट अमनेस कुमार यादवलाई टिकट दिने बताए पनि अन्तिममा नदिएको बताए । अमनेस शिवपुजनका छोरा हुन् । यहाँबाट रमेश यादवलाई नेकपाले उम्मेदवार बनाएको शिवपुजनले बताए ।
पार्टीमा आफ्नो छोराको मूल्याङ्कन नभएपछि आजै पार्टी परित्याग गरिएको उनको भनाइ छ । अर्को पार्टीमा प्रवेश गर्ने आफ्नो तयारी रहेको नेकपा नेता यादवले बताए ।