सर्लाही-३ मा नारायणकाजीले गराए उम्मेदबारी दर्ता

हरिवन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले मनोनयन गराएका हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार

सबै