गगन थापा भोलि मात्रै आफ्नो निर्वाचन क्षेत्रमा आउने

बलरा । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै आउने भएका छन् ।

मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा आउने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘भोलिमात्रै आफूले उम्मेदवारी दिएको क्षेत्रमा जाने कि भन्ने योजना बनाइरहनु भएको छ,’ चालिसेले भने, ‘निश्चित भने भइसकेको छैन ।’

यसअघिका ३ निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेका थापा यो पटक मधेसमा झरेर निर्वाचन लड्दै छन् ।

सम्बन्धित समाचार

सबै