लालबन्दी वितरण केन्द्रअन्तर्गत शनिबार विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने

लालबन्दी । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत लालबन्दी वितरण केन्द्रको हरिपुर सब–स्टेसनबाट सञ्चालित ईश्वरपुर ग्रामीण फिडर तथा बेलबास बजार फिडरअन्तर्गतका विभिन्न स्थानमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

प्राधिकरणका अनुसार फिडरअन्तर्गत पर्ने ईश्वरपुर, बयलबास बजार, क्याम्पस चोक, रामनगर, खोरियाटोल, सबुदनी, सागरनाथ, श्रीनगर, महागढी बजार लगायतका क्षेत्रमा एचटी र एलटी लाइन मर्मत तथा बुस कटिङ कार्य गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गरिन लागिएको प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जानकारी दिएको हो ।

आज केन्द्रले निकालेको सूचनाअनुसार शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उक्त क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध हुने छ । निर्धारित समयअगावै मर्मत कार्य सम्पन्न भएमा समयभन्दा अगाडि नै विद्युत् आपूर्ति सुचारु हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

विद्युत् अवरोधका कारण ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।

सम्बन्धित समाचार

सबै