जसपा नेता चौधरी कांग्रेस प्रवेश, सभापति गगन थापाले भित्र्याए

मलंगवा । संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सर्लाहीको क्षेत्र नं ४ स्थित बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी जसपा नेपाल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । चौधरीसँगै लोसपाका महासचिव एवं हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्र पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराएका हुन् ।

त्यस्तै, जसपा नेतृ विणा सिन्हा, लोसपाबाट विष्णु गापामा अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लोेसपाका ४ नम्बर क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, ४ ख का अध्यक्ष नवल कुमार सिंह, बहुजन समाजवादी पार्टीबाट गोडैता नपा अध्यक्षका प्रत्यासी श्याम गुप्तालगायत नेता कार्यकर्ता आज कांग्रेस प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

सबै