सर्लाही आएका सभापति गगन थापाले भने, ‘पाँच वर्ष कांग्रेसले देश चलाउँछ

ईश्वरपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी कांग्रेसले लिने बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने बताए ।

अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीका लागि सरकारले गर्ने कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने पनि उनले बताए ।

‘वैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ,’ सभापति थापाले भने ।

यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गति समेत तीव्र हुने उनको भनाइ थियो ।

सभापति थापाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबी समेत गरे ।

सम्बन्धित समाचार

सबै