रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन तीन दिन मात्र बाँकी रहँदा रौतहटको राजापुर नगरपालिका-३ स्थित सार्वजनिक बाटोमा शङ्कास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले घटनाको पुष्टि गर्दै शङ्कास्पद वस्तुबारे छानबिन भइरहेको तथा गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ गइसकेको बताएका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।