मधेसका सरकारी कार्यालयबाट ३३ जना पक्राउ, लेखापढी व्यवसायी भन्छन्– हामी बिचौलियो होइनौँ

मधेस : विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको नाममा ३३ जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मधेस प्रदेश : मंगलबार मधेस प्रदेश प्रहरी कार्यालयले प्रदेशका जिल्लास्थित सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने, छिटो काम गराइदिने बहानामा अतिरिक्त रकम असुल्ने तथा सेवामा अनियमितता गराउने कार्यमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको, सोही क्रममा ३३ जनालाई पक्राउ गरिएको जनाएको छ।

मधेस प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईद्वारा जारी गरिएको सो विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्ला र कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।

मधेस प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईद्वारा जारी गरिएको सो विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्ला र कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।

यसैबीच सरकारले मालपोत र नापी कार्यालयहरूबाट बिचौलियाको नाममा लेखापढी व्यवसायीलाई धपाउने अभियान सुरु गरेसँगै मधेस प्रदेशका विभिन्न जिल्लामा लेखापढी व्यवसायी कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन्।

नेपालखबरबाट

सम्बन्धित समाचार

सबै