भीमफेदीमा काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

सर्लाही । मकवानपुरको भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। बिहीबार बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो ।

सुमोमा चालकसहित १० जना सवार रहेका र ७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।

घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ।

गएको कात्तिक २६ गते मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा ईभी गाडी दुर्घटनामा सर्लाहीका एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

सबै