लालबन्दीमा प्रेमिका भेट्न आएका युवक मृत फेला, प्रेमिका प्रहरी नियन्त्रणमा

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–५, पुरानो राजमार्गमा प्रेमिका भेट्न आएका एक युवक मृत फेला परेका छन् ।  हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरी मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार बिहीबार साँझ प्रेमिकाको कोठामा अचेत भएका चौधरीलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ ।

युवकको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि मृतककी प्रेमिकालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै