वीरगञ्ज : पर्सा प्रहरीले बिनाबिलको एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ।
प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो।
प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।