धनुषामा चोकको नाम राख्ने विषयमा झडप हुँदा चल्यो गोली

धनुषा : धनुषाको भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ।

सबैला नगरपालिका-९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।

गोली लागेर एकजना घाइते भएको धनुषा प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो।

त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।

सम्बन्धित समाचार

सबै