लालबन्दी : महोत्तरीमा भाउजुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा औरही नगरपालिका-४ का ४६ वर्षीय रामजतन यादव रहेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट कठुईर र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
घरायसी विवादको क्रममा यादवले उनले ४० वर्षीया भाउजु रीतादेवी यादवलाई कोदालो प्रहार गरेका थिए। कोदालोले लागेर गम्भीर घाइते भएकी रीतादेवीको उपचार क्रममा मृत्यु भएपछि रामजतनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।