अमेरिकामा गोली हानी एक नेपालीको हत्या

एजेन्सी : अमेरिकास्थित टेक्सस राज्यमा एक नेपालीको गोली हानी हत्या भएको छ।

लुटेराहरूको समूहले नेपालीको हत्या गरेका हुन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनको नेपालमा रुकुम बाफीकोट घर भएको बुझिएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। तीन जना लुटेराको समूहले वलीमाथि गोली चलाएका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार घटनाबारे उनको परिवारलाई जानकारी गराइसकिएको छ।

सम्बन्धित समाचार

सबै