बागमतीमा गाडीसँग मोटरसाइकल ठोक्किँदा चार जना घाइते

सांकेतिक तस्वीर

हरिवनः सर्लाहीको बागमतीमा भारतीय बोलबम तीर्थयात्री चढेको मोटरसाइकल दुर्घटना भएको छ। उक्त दुर्घटनामा चार जना घाइते भएका छन्।

बीआर ३० ए ६९५४ नम्बरको भारतीय मोटरसाइकल शनिबार साँझ ५ बजे प्र२०३–००१ क १३०१ नम्बरको गाडीसँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक भारतको सीतामाढी निवासी २३ वर्षीय सन्तोष निराउला तथा सवार १२ वर्षीय नितेश यादव, १४ वर्षीय चन्द्रमोहन महतो र १६ वर्षीय रोहित यादव घाइते भएका छन्।

बागमती पुलबाट भरत तालतर्फ तीव्र गतिमा गइरहेको मोटरसाइकल सोही दिशातर्फ गइरहेको गाडीमा ठोक्किएको थियो। घाइते चारै जनाकै बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै