रौतहटः घरको छतमा खेलिरहेका ६ वर्षीया बालकको करेन्ट लागेर मृत्यु

चन्द्रपुर :छतमा खेल्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना बालकको मृत्यु भएको छ।

जिल्लाको इशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

आफ्नै घरको छतमा खेल्ने क्रममा बिजुलीको तारमा छोएपछि गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल गौर लगिएको तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै