डिजेल बोकेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाकै मृत्यु

सांकेतिक तस्वीर

सप्तरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा डिजेल बोकेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

कञ्चनरूप नगरपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का महेश कुमार मेहता र सवार अर्का जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ।

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

आज दिउँसो कञ्चनरूपबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को१ख ७४१४ नम्बरको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किएका थिए।

ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ का ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन्। उनको ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र ट्यांकरलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

सबै