सर्लाहीः शौचालय जाँदा सर्पले डसेर युवकको मृत्यु

हरिवनः सर्लाहीको हरिवनमा सर्पले डसेर एक युवकको ज्यान गएको छ।

हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर ज्यान गएको हो। आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो।

सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि उनलाई जनकपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

आलेलाई सोमबार राति १ बजेतिर सर्पको डसेको थाहा पाएपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।

सम्बन्धित समाचार

सबै